औषधि व्यवसायी संघको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
असार ११, २०७६
blood

पोखरा, ११ असार । नेपाल औषधि व्यवसायी संघ, गण्डकी शाखाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जसमा ७६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जीव देवकोटाले जानकारी दिए ।

संघका केन्द्रीय सचिव यमनाथ पौडेलले पहिलोपटक रक्तदान गर्न लागेका रक्तदाता सविन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।

उनले पोखरा र आसपासको क्षेत्रमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदानजस्तो पवित्र कार्यमार्फत संघको स्थापना दिवस मनाउने गण्डकी शाखाको कार्यले आफूलाई गर्व महसुस भएको कुरा व्यक्त गरे ।

औषधि व्यवसायी सधैँ जनताको स्वास्थ्यका बारेमा संवेदनशील भएर यसप्रकारका गतिविधि निरन्तर गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा टंकप्रसाद अधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष जितेन्द्रमान शाक्य, दाह्री ग्याङका संयोजक वसन्त पहारी, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछाने लगायतले रक्तदानको महत्वबारे मन्तव्य राखेका थिए ।

सोही अवसरमा गण्डकी प्रदेशकै औषधि व्यवसायीमध्ये सबैभन्दा धेरै ५७ औँ पटक रक्तदान गर्ने र रगत व्यवस्थापनमा निरन्तर क्रियाशील व्यक्तित्व तीर्थराज अवस्थीलाई सम्मान गरिएको थियो ।

संघ गण्डकी अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कृष्ण पाण्डेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives