पोखरा, ३ पुस/पोखरामा भारतीय नागरिकले सञ्चालन एक पसलबाट करोडौं ठगेर व्यवासायी फरार भएका छन् ।

सस्तो मुल्यमा सामानहरु पाउने आशाले अग्रिम रकम बुझाएका पोखरेलीहरु ठगिएका हुन् ।  भारतीय नागरीक राजेन्द्र थेङवेलले सयौंको सङख्यामा विभिन्न व्यक्तिसंग रकम संकलन गरी सम्पर्क विहिन भएपछि उपभोक्ता ठगिएका हुन् ।

अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न ईलेक्टिक, फर्निचर लगायतका सामानहरु बजार मुल्य भन्दा करिब ३५ प्रतिशतले सस्तो दिएका थिए । तर शुक्रबार पछि  फरार भएपछि उपभोक्ता ठगिएको महसुस गरेका हुन् । पोखरा ७ कि सगुन बरालले एक लाख भन्दा बढि रुपैया बुझाएर सामान अडर गरेको बताइन् ।

अधिकाशं व्यक्तिहरुलाई आज सोमबार पुष ३ गते देखि लगातार सामान दिने गरी उक्त ट्रेडर्सबाट सयौंको सङख्यामा उपभोक्ताहरुले खरिद अडर गरेका थिए । अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर सहित र मोवाईल नम्बर सहित विल दिए पनि उक्त प्यान विलमा भने अर्कोको नाम देखिन्छ । उक्त ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोवाईल स्विच अफ गरिएको छ ।

आज विहानै देखि उक्त ट्रेडर्स अगाडीको सडक सृजनाचोक क्षेत्रमा सयौंको सङख्यामा उपभोक्ताहरु भिडभाडले गर्दा ट्राफिक जाम समेत भएको छ । केहि दिन पहिले ठगे भन्दै व्यवसायीले उजुरी दिए पछि प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा थुनेको थियो । तर प्रहरीले प्रक्रिया अनुसार नै सञ्चालन गरेको भन्दै छाडेको थियो । व्यवसायीहरुले करकार्यालयमा पनि उजुरी दिएको भए पनि कर कार्यालय चुपचाप बसेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here