काँगेस समीक्षामा जुट्योे, यस्तो हुदैछ बैठकमा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ९, २०७४
congress

काठमाडौँ, ९ चैत । नेपाली काँग्रेस निर्वाचनपछिको समीक्षामा जुटेको छ ।

शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ ।

बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा गरिनेछ ।

यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रूपमा भएको थिएन । निर्वाचनपछि काँग्रेसको यो पाँचौँ केन्द्रीय कार्यसमिति बैठक हो ।

विस्तृत छलफलका क्रममा तीन÷चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले बताए ।

पार्टीमा केही युवा नेताले समूह नै बनाएर नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएका छन् ।

बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरूले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भनी आलोचना गर्ने र सभापति देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाउ गर्ने तयारी छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives