काँग्रेस जिल्ला प्रशासन र पोविविमा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १९, २०७५
40662268_2144972328846985_638220732752461824_n

पोखरा, १८ भदौ । नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

समितिको नेतृत्वमा सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझाउन काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, जिल्ला सदस्य नवीन सिग्देल, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, नेवि संघकी केन्द्रीय सदस्य पुनम भट्ट लगायतको टोली पुगेको थियो ।

ध्यानाकर्षणपत्र लाखौ विद्यार्थीको मेहनत र अभिभावकको लगानीलाई चुनौति दिदै परीक्षासँग सम्वन्धित परिणाम, प्रश्नपत्र रहेको कम्प्यूटरको हार्डडिक्स ह्याक गरिनु निन्दनिय भएको र पोखरा विश्वविद्यालयको अस्मितामाथि चुनौति दिन खोजिएको उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा घटनामा जो कोहि संलग्न रहेको भएपनि खोजी गरी कारवाही गर्न माग गरिएको छ ।

दोषीलाई उन्मुक्ति दिए हामी जस्तो सुकै आन्दोलन गर्न पछि पर्ने छैनौ ध्यानाकर्षणपत्रमा भनिएको – ‘पोखरा विश्वविद्यालयमा स्वच्छ शैक्षिक वातावरण सृजना गरी उच्च गरिमामय प्राज्ञिक संस्थाको रुपमा स्थापित गर्न चाहन्छौं।’

यसैवीच, काँग्रेस पोखरा महानगर समितिले सोमबार नै पोखरा विश्वविद्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

पोखरा विश्वविद्यालयका उपकुलपति डा. चिरञ्जिवि शर्मा र रजिष्टार गोविन्द शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives