कास्की काँग्रेसका नेता तथा कार्यकर्ताले भने – ‘पार्टीलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गरौं’

राष्ट्र न्यूज सम्वाददाता
फागुन २५, २०७४
congress

पोखरा, २५ फागुन । नेपाली काँग्रेसलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गर्न माग गरिएको छ।

पार्टीभित्र गुटबन्दी, चाकडी र चाप्लुसी मौलाएको प्रति चिन्ता व्यक्तगर्दै कास्कीका नेता तथा कार्यकर्ताले त्यस्तो माग गरेका हुन्् ।

उनीहरुले क्रियाशीलता, जेष्ठता र अनुशासनलाई विशेष महत्व दिएर पार्टीलाई सुसंगठित बनाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस पोखरा लेखनाथ महानगर समितिले पोखरामा आयोजना गरेको प्रशिक्षणमा नेता तथा कार्यकर्ताले सो कुरामा जोड दिएका हुन् ।

                                           प्रशिक्षण दिदै समाजशास्त्री विश्व सिग्देल

प्रशिक्षणका क्रममा धेरै राम्रा सुझावहरु प्राप्त भएका छन् पोखरा लेखनाथ महानगर समितिका सचिव रामजी कोइरालाले भने – ‘पार्टीको जिल्ला, क्षेत्र र वडालाई थप क्रियाशील बनाउँँदै दायित्वबोध गराएर प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा धेरैको सुझाव छ ।’

सचिव कोइरालाका अनुसार, सहभागिहरुले प्रत्यक वडामा प्रशिक्षण चलाउन र महानगरपालिकाको बैठक पालैपालो वडाहरुमा गर्न पनि सुझाव दिइएको छ ।

प्रशिक्षणमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि, वडा कार्यसमितिका सभापति र नेपाल महिला संघका प्रतिनिधि गरी एक सय बढि सहभागि थिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका प्रा.डा इन्द्रप्रसाद तिवारीले पार्टी संगठन एवं विकास अवधारणा र समाजशास्त्री विश्व सिग्देलले निर्वाचित जनप्रतिनिधिको भुमिका एवं दलसँगको समन्वय विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाली काँगेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले जनताको भावना बुझेर काम गर्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा नेपाली काँग्रेस कास्कीका सचिव रामराज लामिछाने, नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्माले बोलेका थिए ।

नेपाली काँग्रेस पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसभापति राजेन्द्रमणि लामिछानेले स्वागत र सचिव ध्र्रुवहरि अधिकारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives