कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १८, २०७७
Toyanatah timilina

पोखरा, १८ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा २४ निवासी पार्टीका क्रियाशील सदस्य तोयनाथ पाध्या तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

विगत ५ वर्षदेखि नशा सम्वन्धी रोगबाट प्रभावित ७७ वर्षिय तिमिल्सिनाको साउन १५ गते निधन भएको हो । उनी साविक कास्कीकोट गाविस वडा नं ९ का पूर्व अध्यक्ष हुन् ।

स्थानीय विकास, शिक्षा र वन क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको थियो । उनका १ श्रीमती, २ छोरा र २ छोरी छन् ।
छोरा विष्णुप्रसाद तिमिल्सिना, चन्द्रकान्त तिमिल्सिना र छोरी लक्ष्मीदेवी अधिकारी, नन्दश्री पौडेल हुन् ।

छोरा विष्णु जनजागृति मावि पोखरा १८ को पूर्व प्रधानाध्यापक र चन्द्रकान्त पोखरा महानगरपालिकाका अधिकृत हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives