कास्की काँग्रेसद्वारा शुभकामना,  सरकारले चाडपर्वमा महंगी नियन्त्रण गर्न नसकेकोमा चिन्ता व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १, २०७७
congress

पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् ।

कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा नेपाली जनताको आर्थिक अवस्था दयनीय भइरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता सुविधा दिनु निन्दनीय भएको भन्दै आलोचना गरिएको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न असफल सरकारले चाडपर्वको समयमा मनोमानी सृजना गरिएको महंगी नियन्त्रण गर्न समेत असफल भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives