कुश्मामा तरुण दलको भेला हुदै

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ४, २०७५
tarun-dal-fourth-general-conventation

पोखरा, ४ बैशाख । नेपाल तरुण दलले प्रदेश नम्बर ४ को भेला तथा प्रशिक्षण बैशाख ६ र ७ गते पर्वतको कुश्मामा गर्दैछ ।

तरुण दलले सात वटै प्रदेशमा भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको थियो । यसअघि तरुण दलले प्रदेश नम्बर १, २ र ३ मा गरिसकेको छ ।

कुश्मामा हुन लागेको भेला तथा प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरी ‘तोरण’ ले जानकारी दिए ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ अध्यक्ष ठकुरीले भने – ‘कार्यक्रमलाई सभ्य र भव्य बनाउने छौं ।’ कार्यक्रममा एक सय ६५ जनाको सहभागिता हुने छ ।

चार नम्बर प्रदेशका ११ जिल्लाका जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर सभापति र केन्द्रीय पार्षद सहभागि हुने छन्।

तरुण दललाई वैचारिक र सांगठनिक रुपमा शशक्त बनाउनका लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा समसामयिक राजनैतिक विषयसँगै सरकारमा रहेर काँग्रेसले गरेको उपलब्धी बारे जानकारी दिइने छ ।

भेला तथा प्रशिक्षण काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives