क्रिष्टलमा शुभकामना आदानप्रदान

राष्ट्र न्यूज सम्वाददाता
असाेज २४, २०७५
43646323_1850920565015630_1201186508833292288_n

पोखरा, २४ असोज । विजयादशमीको अवसरमा क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्ड ठाडोपसल लेकसाईडमा शुभकामना आदानप्रदान गरिएको छ ।

कार्यक्रममा अभिभावक, शुभेच्छुक, विद्यार्थी सहभागिता थियो । त्यसअवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा अभिभावकका लागि अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उपेन्द्र अधिकारी र सुवास पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले बनाएको चंगा प्रतियोगिता गरिएकोमा युकेजीकी सादिका श्रेष्ठ पहिलो , नर्सरीकी निर्वाणी पुन दोस्रो र एलकेजीकी ईशाना कँुवर तेस्रो भए । त्यस्तै अभिभावककोे चंगा प्रतियोगितामा शान्तिनगर चोकका जीवन ढुंगानाले बनाएको चंगा उत्कृष्ठ भएको छ ।

कार्यक्रममा मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले विद्यार्थीलाई समयानुकुल ज्ञान दिइने गरेको बताईन् ।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकीलाई सहज बनाउन मन्टेश्वरीले योगदान दिएको उल्लेख गरे ।

क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्डकी प्रिन्सिपल रेश्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रमा बिनित छन्त्याल र राजश्री पौडेलले संयुक्तरूपमा संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives