खाना पकाउने ग्याँसबाट घरमा आगलागी

राष्ट्र न्यूज सम्वाददाता
पौष १८, २०७४
26229598_712116088990816_550311281295716270_n

पोखरा, १८ पुस। खाना पकाउने ग्याँसका कारण दैनिक जसो हाम्रो समाजमा अप्रिय घटना भैरहेका छन्।

फेरि त्यस्तै घटना कास्कीमा पनि दोहोरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ आनन्द बजार रिभान स्थित पार्वती गुरुङको घरमा खाना पकाउने ग्याँसका कारण आगलागी भएको छ।

आगलागीका कारण करिब ३० लाखको क्षती भएको बताइएको छ। खाना पकाउने क्रममा ग्याँस लिग भई आगलागी भएको हो।

आगलागीका कारण ढुंगा माटोले बनेको २ तले कच्ची घर जलेर नष्ट भएको छ। घटनाका कारण मानवीय क्षति नभएपनि अन्य भौतिक सामाग्री पूर्ण रुपमा नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यसैवीच, पीडित गुरुङ परिवारलाई सहयोग गर्न राजनीतिक दल तथा संघ संस्थालाई आग्रह गरिएको छ।
माछापुच्छ्रे गाउँपालिकाका गतिविधिहरु नाम वेबसाइटका एड्मिन राजु क्षेत्री ‘अपूरो’ ले सूर्य गिरीको फेसबुक वालमा प्रकाशित सामाग्री साभारगर्दै सहयोगको अनुरोध वेबसाइटमा उल्लेख गरेका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives