गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ

राष्ट्र न्यूज सम्वाददाता
असार १३, २०७५
36224425_924177551097240_9080296050475925504_n

पोखरा, १३ असार । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ गठन गरिएको छ ।

स्वास्थ्यकर्मी दीपक कार्कीको अध्यक्षतामा गठित इकाइको बरिष्ठ उपाध्यक्षमा डा. शंकर पौडेल, उपाध्यक्षमा शोकमणी सुवेदी, सचिवमा राजन पोखरेल, कोषाध्यक्षमा अमृत पौडेल छन् ।

इकाइको सदस्यहरुमा हरिबहादुर बस्नेत, सूर्यबहादुर कार्की, प्रदीप न्यौपाने, जीवन खड्का, साबित्री पराजुली र बुद्विबहादुर थापा छन् ।

इकाइ गठन सँगै नेपाल ट्रेड युनियन काँग्रेस आवद्व रहने गरी मङ्गलबार श्रम कार्यालय पोखरामा दर्ता गरिएको छ । श्रम कार्यालयले प्रतिष्ठानस्तरको आधिकारिक ट्रेड युनियनको मान्यता दिदै दर्ता नम्बर १३१ प्रदान गरेको छ । इकाइका अध्यक्ष दीपक कार्कीले स्वास्थ्यकर्मी, चिकित्सक एवं कर्मचारीको हितलाई ध्यान दिएर काम गर्ने उल्लेख गरे ।

आधिकारिक ट्रेड युनियनको मान्यता पाएसँगै स्वास्थ्यकर्मी संघ इकाइ समितिले तीन महिना लगत्तै गण्डकी मेडिकल कलेजमा हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी शुरु गरेको छ ।

संघले बुधबार गण्डकी मेडिकल कलेजमा कार्यक्रम गरी संस्था गठन बारे जानकारी पनि दिएको छ ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नम्बर ४ का सभापति मुरारी शर्माले स्वास्थ्यकर्मी, चिकित्सक एवं अस्पतालका कर्मचारीहरुको मन जितेर काम गरी संघलाई बलियो बनाउन आग्रह गरे ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाइ समितिका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शोकमणी सुवेदीले स्वागत र सचिव राजन पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives