गाउँ केन्द्रित प्रचारमा काँग्रेस उम्मेदवारहरु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ६, २०७४
6 mansir guru

पोखरा, ६ मंसिर । आसन्न निर्वाचनमा आफ्नो पक्षमा भोट माग्दै यतिबेला काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् ।

लोकतन्त्रको रक्षासहित सम्बृद्धिको नारा लिएर उनीहरु मतदाताहरुको घरदैलोमा पुगेका छन् ।कास्की क्षेत्र नम्बर १ मा कानुन मन्त्रीसमेत रहेका काँग्रेस नेता यज्ञबहादुर थापा चुनावी घरदैलोमा व्यस्त छन् ।

उनीसहित सोहि क्षेत्रका प्रदेश ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ चुनावी घरदैलोमा हिँडिरहेका छन् । केहि दिन अगाडि थापा सहितको टोली काँग्रेसको पक्षमा भोट माग्दै मादी गाउँपालिकाको विभिन्न गाऊँहरुमा पुगेर बुधबार पोखरा फर्केको छ ।

प्रचारको क्रममा जनताको घरदैलोमा पुगेका थापाले जनताको निकै राम्रो प्रतिक्रिया आफूले पाएको अनुभव सुनाए । अघिल्लो पटक पनि त्यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएको भन्दै उनले अझै पनि सो क्षेत्रमा आफू निर्वाचित हुने विश्वास व्यक्त गरे । ‘जनमत काँग्रेसकै पक्षमा छ । र, जनताले सम्बृद्धि काँग्रेसबाट मात्र सम्भव भएको कुरालाई जानेका छन् ।’ उनले भने ।

त्यस्तै प्रदेश ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसीले पनि जनलहर काँग्रेसको पक्षमा रहेको दाबी गरे । ‘हामी कास्की क्षेत्र नम्बर १ मा पर्ने मादी गाउँपालिकाका सम्पूर्ण गाऊँहरुमा घरदैलो कार्यक्रममा सरिक भयौँ । र, त्यहाँका जनताबाट निकै माया पनि पायौँ ।’ उनले भने–‘ सम्बृद्धिको आशासहित उनीहरुले काँग्रेसलाई जिताउने वचन दिएका छन् ।’

त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले पनि काँग्रेसको पक्षमा जनलहर उर्लेको बताईन् ।

त्यसैगरी प्रदेश ‘क’ तर्फका उम्मेदवार जीवन परियार पनि आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण वडाहरुमा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

गुरु बराल भरतपोखरीमा

कास्की क्षेत्र नम्बर २ ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बराल भरतपोखरीलाई केन्द्र बनाएर अहिले चुनावी प्रचारमा जुटेका छन् । भरतपोखरी क्षेत्रका सबै वस्तीहरुमा मतदाताहरुको घरघरमा पुगेर उनले आफ्नो पक्षमा मत मागिरहेका छन् ।

जनताको पक्षमा काम गर्ने सेवकको रुपमा आफूलाई पेश गरिरहेका बरालले भरतपोखरीका जनतामाझ आफूले विकासको गतिलाई तिव्रता दिने बताए ।

उनले आफुमा रहेको युवा जोश र उर्जालाई बाहिर ल्याउनकै लागि भएपनि भरतपोखरीबासीले काँग्रेसको पक्षमा मत दिएर आफूलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

उनी यतिबेला रोबर्टको मार्फतबाट प्रचार अभियानलाई अगाडि बढाएका कारण पनि विशेष चर्चामा छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives