पोखरा, २९ फागुन। निर्वाचनपछि नेपाली काँग्रेसलाई शशक्त बनाउन नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवाज चौतर्फी उठिरहेको बेला नेपाली कांग्रेस गुल्मीले एउटा नयाँ अभियान शुरु गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसको संगठन कमजोर हुँदै गएको महशुस गरी नयाँ ढंगबाट पार्टीलाई रक्त सञ्चार दिन अभियान संचालन गर्न लागेको हो। सो अभियान पार्टीले जिल्लाका ९३ वटा वडामा पु¥याउने जनाएको छ।
५० दिने सो अभियानको नाम ‘गाउँ जाऔं, गाउँमै रमाऔ’ दिइएको छ। गुल्मी काँग्रेसको २० औं बैठकले सो अभियान संचालन गर्ने निर्णय गरेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । जनतासँग नजिक हुनका लागि अभियान गर्न लागिएको बताइएको छ।
यस अभियानका क्रममा हामी पार्टीको नेता बनेर होइन, सर्वसाधरण गरिब जनता बनेर ती गरिब र दलितको घरमा एक हप्तासम्म बस्ने छौ पार्टी सभापति श्रेष्ठले भने – ‘उनीहरुको गरिबि अभाव, विभेद र अन्यायको पीडा कस्तो हुँदो रहेछ भन्ने खोजिने गरी अभियान तय गरिएको हो ।’
बैठकले छायाँ सरकार गठन गर्दै मन्त्रालयका रुपमा विभिन्न २६ वटा विभागहरु गठन छ ।