गोलि खाएर बाँचेका भगवान व्यवसायमा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १३, २०७४
23559698_141970106561646_2599763329451149829_n – Copy

पोखरा, १३ मंसिर। तिन बर्ष अगाडी मेगा सहकारीको भवन न्युरोड पोखरामा लुटेराको गोलि लागि मारणासन्न अवस्थामा घाईते भएका थिए पुम्दी भुम्दी पोखराका भगवान बराल ।

यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराल लाई २०७१ साल बैसाख १५ गते आफ्नो बैंक कारोबारको रकम लिन भनि मेघा सहकारी पुगे, ब्रिफकेसमा ३१ लाख पैसा बोकेर भर्यांग झर्दै गर्दा भगवान माथि लुटेराहरुको समूहले गोलि प्रहार गर्यो र पैसा लुटेर गयो ।

फिस्टेल, मणिपाल हुदैँ न्युरो हस्पिटल काठमान्डौ पुर्याईएका बरालको बाच्ने आश सबैले मारेका थिए, भगवान नाम गरेका बराल भगवान जस्तै गरि बाचेर फर्किए। उनको टाउकोमा बन्दुक राखी लुटेराहरुले बन्दुक पड्काएका थिए ।

करिब एक बर्ष अस्पतालको शैयामा उपचार गरेर भगवान् बाच्न सफल भए र उनि पोखरा पुम्दी भुम्दी स्थित आफ्नो निवासमा आईपुगे । तिन तिन महिनामा काठमाण्डौ, दिन बिराएर पोखरामा फिजियोथेरापी र हप्ता हप्तामा पोखरा जचाउने गरिरहेका भगवानको विस्तारै स्वास्थ्यमा सुधार हुदैँ गयो र हाल उनि व्हिल्चेयरको सहायताले यता उति गर्छन ।

एक्लै ज्यान धान्न नसक्ने बरालका दाइने पट्टिको हर चल्दैन र उनि आफ्नो देब्रे आखाँ देख्दैनन्, यधपी अहिले उनि हिम्मत बट्ल्दै व्यवसायमा लागेका छन् ।

पोखरा सुनौली राजमार्ग अन्तर्गत पुम्दीभिम्दी ९ तिलाहारमा अवस्थित उनको घरको अगाडी पट्टिको भागमा अहिले उनीले एउटा किराना सामान सहित चिया चिसो पसल खोलेका छन् भगवान् कोल्ड स्टोर्सका नाममा ।

त्यहि कोल्ड स्टोर्सका लागि रोटर्याक्ट क्लब अफ पोखराका युवाहरुले बराललाई लाईट बोर्ड सहयोग स्वरूप प्रदान गरे।

सबैका लागि प्रेरणा बनेका भगवान र उनको यो कदमलाई उच्च सम्मान गर्दै क्लबका १८ देखि ३० बर्ष सम्मका बिद्यार्थी देखि बिभिन्न पेशामा रहेका सदस्यहरु बीच सहयोग उठाएर बराललाई यो बोर्ड सहयोग गरिएको रोटर्याक्ट क्लब अफ पोखराका अध्यक्ष सुदिप गुरुङले बताए।

ठुलो सहयोग गर्न नसकेपनि उहाँ संग भेट हुन र उहाँको साहास र कदमबाट धेरै प्रेरणा मिलेको अध्यक्ष गुरुङले बताए ।

आफुँ अपांग अवस्थामा रहेर हिंडडुल गर्न नसकेतापनि व्हिल्चेयरको सहायताले पसल कुर्न र सामान्य काम गर्न सक्ने हुनाले र उपचारमा लाखौं खर्च भएको अवस्थामा व्यवसायबाट पनि केहि राहात मिल्ने आशले यो प्रयास गरेको घाइते बरालले बताए ।

बरालले बिभिन्न सरकारी, गैरसरकारी सँस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, क्लब, समूह तथा व्यक्तिगत सहयोग आईरहेको स्मरण गर्दै सबैलाई धन्यवाद दिए । उनले उपचारका क्रममा खर्च व्यस्थापन गर्न गाह्रो भईरहने हुदाँ सबै संग सहयोगको अपेक्षा पनि रहेको बताए ।

हाल बरालको परिवारमा अपांग आमा, बरालका दाई, भाऊजु र बराल मात्रै छन्। वैदेशिक रोजगारमा रहेका उनका दाई भाईको हेरचाहा गर्न अहिले नेपालमै रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives