ग्यास उद्योगमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर, दमकल समेत जलेपछि समस्या

राष्ट्र न्यूज सम्वाददाता
पौष ५, २०७४
fire

पोखरा, ५ पुस। पर्साको वीरगञ्जमा रहेको एक ग्यास उद्योगमा भिषण आगलागी भएको छ।

प्रहरीका अनुसार, विहान ६ बजे वीरगञ्ज महानगरपालिका –१४ बहुवरी गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहे पनि नियन्त्रणमा आउन सकेको छैन।

घटनामा दुई जनाको मृत्यू भएको बताइएपनि सनाखत हुन सकेको छैन। आगो निभाउनका लागि प्रयोग गरिएको दमकलमा समेत आगलागी भएपछि थप समस्या भैरहेको छ। आगलागीको कारण नखुलेपनि उद्योगमा ग्यास सिलिण्डर पड्केको स्थानीयको भनाई छ। उद्योग भित्र कति जना थिए त्यो पनि खुलेको छैन। घटनाको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।

आगलागीमा परी त्यहाँ रहेका अमिकाप्रसाद पटेल र वारुण यन्त्रका कर्मचारी भोजपुरका सन्दिप नेपाल घाइते भएको प्रहरीले जनाएको छ। दुवैजनाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives