चलचित्र पटुकिको शिर्ष गित सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०७४
Rosy n Rajani Pic

मंसिर, ९ पोखरा। पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पटुकीको शिर्ष गीत
सार्वजनिक भएको छ ।

लोक लेवरको पटुकी पटुकी गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ ।

गायिका अन्जु पन्तले राजनलाई गायनमा साथ दिएकी छिन्। म्याक्तेन कालुको यसमा शब्द छ ।

पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको
अवस्थामा पटुकीलाई पनि यो गीत दर्शक तान्ने फर्मुला बन्ने पक्का छ। यो
फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् ।

फिल्ममा पोखरेली सञ्चारकर्मी एवं कलाकार रोजी श्रेष्ठ, रजनी केसी, जेम्स
विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, हरि गुरुङ लगायतका कलाकारहरुको
अभिनय छ ।

स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले पटुकीको
कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । पटुकीमा लक्ष्मण घिमिरेको
छायांकन रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives