दोषीलाई कारवाही हुनुपर्छ – वडाध्यक्ष गुरुङ

राष्ट्र न्यूज सम्वाददाता
जेठ ६, २०७७
43009934_2183278788414055_570430085643894784_o

पोखरा, ६ जेठ । कास्कीको मादी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष यम बहादुर गुरुङले ११ वर्षिया बालिका बलात्कारको प्रयास सम्बन्धी घटना ढाकछोप गर्न आफू लगायत जनप्रतिनिधिहरुको नाम जोडिएकोप्रति आपत्ती जनाएका छन्

‘वडाध्यक्षको हैसियतले वडाभित्रका रहेक घटना र समस्यामा मैले ध्यान र चासो दिनैपर्छ, वडाध्यक्ष गुरुङले भने, घटनापछि दोषीलाई कारवाही गर्नुपर्नेमा पक्ष आफू रहेकोमा सामाजिक संञ्जाल र संचारमाध्यमबाट घटना ढाकछोप गर्न खोजेको भन्दै म लगायत जनप्रतिनिधिलाई बदनाम गर्न खोजिएकोप्रति मेरो आपत्ती छ ।’

वडाध्यक्ष गुरुङले मङ्गलबार प्रेस विज्ञप्ति प्रकाशित गरी पीडित पक्षलाई गाउँ फर्कन आग्रह गरेका छन् ।

‘घटनालाई जोडेर कसैले पीडित पक्षलाई धम्कि दिएको भए कारवाही हुनुपर्छ, विज्ञप्तिमा भनिएको छ, सम्बन्धित निकायबाट स्वतन्त्र रुपमा छानविनहोस् ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives