नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना

राष्ट्र न्यूज सम्वाददाता
फागुन ११, २०७६
Press union logo

पोखरा, ११ फागुन । नेपाल प्रेस युनियन कास्कीले नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार संचालन गर्ने भएको छ ।
युनियन कास्कीको वर्तमान कार्यसमितिको एक वर्ष पूरा भएको अवसरसँगै आइतबार बसेको बैठकले सो पुरस्कार संचालन गर्ने निर्णय गरेको हो । प्रेस युनियनको विकाससँगै पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारको सम्मानका लागि सो पुरस्कार संचालन गर्न लागिएको अध्यक्ष नवीन सिग्देलले बताए ।

युनियनले नयाँ वर्ष २०७६ को अवसरमा प्रकाशित गरेको क्यालेण्डरबाट बचत भएको चार लाख रुपैयाको अक्षयकोष स्थापना गरी पुरस्कार संचालन गर्न लागेको हो ।

दुई÷दुई वर्षमा प्रदान गर्ने सो पुरस्कारको राशी नगद ४० हजार सहित सम्मानपत्र र दोसल्ला रहने छ । प्रेस युनियन कास्कीले सञ्चालन गर्न लागेको यो चौंथो पुरस्कार हो ।

युनियनको पहलमा यसै वर्ष सूप्रेम शारदा पत्रकारिता पुरस्कार पनि संचालनमा ल्याइएको छ । ५१ हजार राशीको सो पुरस्कार राजनीतिज्ञ समाजसेवी सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको हो ।

त्यस्तै, युनियनले यस वर्ष नै पूर्णप्रसाद बराल स्वर्गीय मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष व्यवस्थापन गरेको छ । सो पुरस्कारका लागि समाजसेवी भोला बरालले ३ लाख ३३ हजार ३ सय ३३ को अक्षयकोष स्थापना गरेका छन् ।
यसअघि ३५ हजार पाँच सय ५५ राशिको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि संचालनमा रहेको छ ।

‘यो वर्ष विशेष गरी पुरस्कारमा बढी केन्द्रीत बन्यौं’ युनियनका अध्यक्ष सिग्देलले भने, अब तालिममा केन्द्रीत हुने छौं।’

बैठकले प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सफल बनाउने निर्णय गरेको छ । चैत २१ र २२ गते नेपालगञ्जमा हुने महाधिवेशनलाई सहयोग गर्न युनियनले आग्रह गरेको सचिव प्रदिप पौडेलले बताए । ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनमा देशभरका १ हजार ५ सय बढी लोकतन्त्रवादी पत्रकार सहभागी हुने छन् ।

बैठकले होमस्टे कार्यक्रम व्यवस्थापनका लागि सदस्य सुवाष पौडेललाई संयोजक तोकेको छ ।

बैठक लगत्तै प्रेस युनियन कास्कीको टोलीले सल्लाहकार राजबहादुर गुरुङलाई भेटी शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठक नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives