नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले रक्तदान कार्यक्रम गर्दै

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ८, २०७७
blood prg

पोखरा, ८ मंसिर । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले पोखरामा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ संघले मंसिर १२ गते शुक्रबार पोखरा १० स्थित अमरसिंहचोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

नेपाली काँग्रेस खेलकुद विभागले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा पनि रक्तदान गर्न लागिएको नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष ओम बस्नेतले जानकारी दिए ।

कोरोनाको संक्रमणसँगै रक्तदान कार्यक्रममा कमी आई रगतको अभाव सृजना भैरहेका बेला हुन लागेको रक्तदान कार्यक्रमले रगतको अभाव कम गर्न टेवा पु¥याउने आयोजकको अपेक्षा छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनको उपस्थितिमा बसेको कास्कीको बैठकले तयारी तिव्र पार्न निर्णय गर्दै रक्तदानमा सहभागी हुन आव्हान गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives