पाँच भोटले हारे पौडेल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०७४
13659112_10153667675963038_7029109589328782239_n

पोखरा, २४ मंसिर। हरेक निर्वाचनमा कुनै न कुनै विषयले चर्चा पाउँछ नै।

तर यसपटकको निर्वाचनमा सम्भवत् सबैभन्दा कम मतले हार्ने उम्मेद्बार प्रदिप पौडेलले चर्चा पाउँने छन्।

उनी यसपटकको निर्वाचनमा पाँच मतले मात्रै हारेका छन्। बाम गठबन्धनकी उम्मेदबार आशा कोइरालासँग उनी पराजित बनेका हुन्।

कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका छन्। पौडेल तनहुँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा उम्मेदबार थिए।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका पौडेल हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। प्रखर वत्ता पौडेल काँप्रेसका युवापुस्ताबीच निकै लोकप्रिय मानिन्छन्।

यधपी उनले मतगणनाका क्रममा ४२ मत फर्जि भेटिएकोभन्दै पुन मतगणना गर्न माग गरेका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives