पूर्व इकाइ सभापति श्रेष्ठको निधन

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १९, २०७७
krishana kumar

पोखरा, १९ कात्तिक । नेपाली काँग्रेस पोखरा ९ का पूर्व इकाइ सभापति कृष्णकुमार श्रेष्ठको ७५ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।

पोखरा ९ नयाँबजार निवासी श्रेष्ठ पूर्व वडाध्यक्ष पनि हुन् । उनी प्रेसरबाट प्रभावित थिए । उनका १ श्रीमती, १ छोरा र ४ छोरी छन् ।

उनको पोखराको शान्तिघाटमा बुधबार अन्त्येष्टि गरिएको इकाइ सभापति उमा ठकुरीले जानकारी दिइन् । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा श्रेष्ठले लोकतान्त्रिक आन्दोलन तथा पार्टीको विकास र विस्तारमा पु¥याएको योगदान सदैव स्मरणीय हुने उल्लेख छ ।

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives