पोखरा, ४ चैत । पोखराका व्यवसायीहरुले संयुक्त रुपमा होली खेल्ने भएका छन् ।
पोखरा महानगरपालिका वडा नं ४ स्थित साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा संयुक्त रुपमा होली खेलिने समितिका अध्यक्ष सुर्यराज त्रिपाठीले जानकारी दिए ।
उनले कार्यक्रममा विभिन्न क्षेत्रका एक हजार वढीको सहभागिता हुने उल्लेख गरे ।
पोखराको पुरानो बजारको रुपमा रहेको साँघुमुखमा स्टेज बनाएर औपचारिक कार्यक्रम गरिने छ।
कार्यक्रममा नृत्य, कन्सर्ट लगायत अन्य साँस्कृतिक कार्यक्रम सहित सहभागिहरु एक आपसमा होली खेली होली पर्व मनाउने त्रिपाठीको भनाइ छ ।