पोखरामा फेवा एमयुएनको दोस्रो संस्करण शुरु

राष्ट्र न्यूज सम्वाददाता
फागुन ४, २०७४
DSC09992

पोखरा, ४ फागुन। पोखरामा फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो संस्करण शुक्रबारदेखि शुरु भएको छ।

युवा वैचारिक समाजले गरेको कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत ६५ जना विद्यार्थी सहभागि रहेको सदस्य सामना बरालले जानकारी दिईन्।

शनिवारसम्म चल्ने कार्यक्रममा सहभागि युवाहरुको दुई वटा समूह बनाई दुई वटा विषयमा छलफल गरिदैछ।

संयुक्त राष्ट्र संघको पहिलो कमिटीको अन्र्तराष्ट्रिय सुरक्षाका लागि निशस्त्रीकरण अन्तर्गत साइबर सुरक्षा र चुनौती तथा दोसं्रो कमिटीको समाज, संस्कृति र मानवीयता अन्तर्गत बाल यौन शोषण र देह व्यापार विषयमा छलफल गरिने छ।

सहभागि प्रत्यक युवाले कुनै एक राष्ट्रको प्रतिनिधित्व गरी आफ्नो समूहको विषयमा आफ्नो धारणा राख्ने छन्।

विश्वव्यापी समस्याको पहिचान र समाधानका लागि जसरी संयुक्त राष्ट्र संघले देशहरुवीच छलफल चलाउछ त्यसैको झल्को दिने गरी युवाहरुवीच छलफल गरिने भएकाले कार्यक्रमको नाम नमुना संयुक्त राष्ट्र संघ राखिएको हो।

ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सी पोखराकी प्रमुख सरीता गुरुङले कार्यक्रम शुभारम्भ गरिन्। त्यसअवसरमा युवा वैचारिक समाज केन्द्रीय समितिका शिरिष महर्जन, चितवनका प्रशान्त थापाले बोलेका थिए।

युवा वैचारिक समाज कास्कीका अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव स्मृति बरालले स्वागत र सदस्य प्रकृति ढकालले संचालन गरेकी थिईन्।

सन् २०१६ देखि कास्कीमा काम गरिरहेको युवा वैचारिक समाजले यसअघि फेवा एमयुएन र पोखरा एमयुएनको पहिलो संस्करण गरिसकेको छ।समाजले युवालाई लक्षित गरी अनुसन्धात्मक, बहसमूलक कार्यक्रम समेत गर्ने गरेको छ।

त्यस्तै,समाज रुपान्तरका लागिका लागि युवाहरु प्रेरित गर्ने खालका कार्यक्रममा जोड दिने गरेको छ। त्यसै हरेक महिना पोखरा बोल्छ कार्यक्रम गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives