पोखरा-१ मा प्रस्तावना लेखन तालिम

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०७५
35922813_1247161905420356_3636139314456297472_n

पोखरा, ९ असार । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीको संयुक्त आयोजनामा शनिवार पोखरा १ मा प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । तालिममा ६५ जना महिला सहभागी थिए ।

तालिममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीकी सल्लाहकार सीता गुरुङले सहजीकरण गरेकी थिइन् ।

तालिम उद्घाटन गर्दै प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिला सशक्तिकरणका लागि यस्ता तालिम आवश्यक भएको बताइन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीकी सल्लाहकार सीता गुरुङले दीघकालीन सोच र प्रतिफलतर्फ ध्यान नदिई कतिपय तालिम गरिदाँ लगानी खेरा गइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा वडाध्यक्ष शारदा पराजुली र उद्यमी संघ कास्की अध्यक्ष काशी गुरुङले बोलेकी थिइन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दुर्गा थापाले स्वागत र सचिव रामभूषण पराजुलीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives