प्रकाशले जन्मदिनमा बटुकलाई भोजन गराए

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ९, २०७५
37798975_1786948421421994_3510203808116375552_n

पोखरा, ९ साउन । जन्मदिन मनाउन भन्दै पछिल्लो समय फजुल खर्च गर्ने क्रम बढ्दै गएको छ । तर पोखराका एक युवाले भने फरक ढंगले जन्मदिन मनाएका छन् ।

जन्मदिनमा गरिने खर्चबाट उनले बटुकहरुलाई एक छाक भोजन गराएका छन् । पोखरा महानगरपालिका वडा नं २८ कालिका घर भई हाल पोखरा – १ मा बस्दै आएका प्रकाशरमण अधिकारीले २६ औं जन्मदिनमा फजुल खर्चलार्ई निरुत्साहित गर्न सवैलाई सन्देश दिदै बटुकलाई भोजन गराएका हुन् ।

उनले बुधबार पोखरा महानगरपालिका वडा नं १ भिमकालिपाटनस्थित संस्कृत माविका ६० जना बटुकलाई भोजन गराएका हुन् ।

विद्यालयमा आयोजित कार्यक्रमवीच उनलाई शुभेच्छुक र परिवारले जन्मदिनको शुभकामना पनि दिए । प्रकाशले दिएको सन्देश समाजको हितमा छ कार्यक्रमकी प्रमुख अतिथि नेपाली काँग्रेसकी महिला नेतृ सरस्वती गुरुङले भनिन् – ‘यसबाट सवैले सिक्न जरुरी छ।’

कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जन्मदिनमा प्रकाशले गरेको कार्य उदाहरणिय भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता विकास गुरुङ, नेपाल विद्यार्थी संघ कास्कीका सभापति विकास थापाले बोलेका थिए ।

संस्कृत मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives