प्रदेश नं ४ मा यस्तो छ तयारी

राष्ट्र न्यूज सम्वाददाता
माघ ७, २०७४
pradesh-4-pokhara–640×410

पोखरा, ७ माघ । प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ आज हुदैछ ।

हिजो मात्र पोखरा आइपुगेका  प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार पोखरामा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन्। ज्येष्ठ सदस्य श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ ख बाट प्रदेशसभाका प्रत्यक्ष निर्वा्चित सदस्य हन्।

प्रदेश प्रमुख कुँवरले आफ्नो पदबहालीपछि ज्येष्ठ सदस्य श्रेष्ठलाई सपथ खुवाउने र प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य श्रेष्ठले सपथ खुवाउने कार्यक्रम तय गरिएको छ।

कार्यक्रमका लागि आवश्यक सवै तयारी पूरा भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालय साविकको अध्यागमन कार्यालय पोखरा र प्रदेशसभा भवन नगर विकास प्रशिक्षण केन्द्र कायम गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives