प्रदेश ४ को सुरक्षा रणनीति

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७४
images

पोखरा, २९ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश ४ मा पहिलो चरणमा हुने निर्वाचनमा विभिन्न जिल्लामा गरी झण्डै सय मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको छ ।

यस प्रदेशका कुल ११ जिल्लामध्ये पहिलो चरणमा मंसिर १० मा गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङमा चुनाव हुँदैछ । तीमध्ये सुरक्षा दृष्टिकोणले सबैभन्दा बढी गोरखा जिल्लालाई मानिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।

गोरखामा ‘हेभिवेट’ का उम्मेदवार प्रतिष्पर्धा हुनु र दलीय गठबन्धन र विप्लव माओवादीको कारण सुरक्षा निकायले अति संवेदनशील मान्दै उच्च सुरक्षा सतकर्ता अपनाएको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनको तुलनामा अहिले सुरक्षा थ्रेट बढी भएकोले सोही अनुसार सुरक्षा योजना बनाएको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले सुरक्षा दृष्टिकोणले प्रदेश ४ मा २ सय ५ अतिसंवेदनशील, ४ सय ६० संवेदनशील र ५ सय ८२ सामान्य मतदान केन्द्र रहेको जनाए ।

प्रदेश ४ मा कुल १२ सय ४७ मतदानस्थल छन् भने २ हजार ५१ वटा मतदान केन्द्र छन् । गोरखाका ४९ मतदानस्थल अतिसंवेदनशील, ४१ संवेदनशील र २ वटा सामान्य छन् । लमजुङमा १८ वटा अति संवेदनशील, ४९ संवेदनशील र ३६ सामान्य छन् भने म्याग्दीका २५ मतदानस्थल अति संवेदनशील, ३६ संवेदनशील र ११ सामान्य गरी वर्गीकरण गरिएको छ । यसरी गोरखा, लमजुङ र म्याग्दीमा गरी अति संवेदनशील मतदानस्थल ९२ छन् ।

सुरक्षाका लागि नेपाल प्रहरीका ८ हजार, म्यादी प्रहरी १० हजार ७ सय भित्री घेरामा परिचालन हुनेछन् । मतदानस्थलमध्ये अति संवेदनशीलमा १५ जना, संवेदनशीलमा ११ जना र सामान्यमा ८ जना नेपाली प्रहरी र म्यादी प्रहरी रहनेछन् ।

क्षेत्रीय प्रशासक अर्यालका अनुसार सहरी क्षेत्रमा घटना भएको ५ देखि १० मिनेटभित्र सुरक्षाकर्मी पुग्छन् भने अन्यत्र बाटो सहज नभएको ठाउँमा ३० देखि ४५ मिनेट भित्र सुरक्षाकर्मी पुगिसक्नेछन् । उनले मतदानस्थलमा सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने छन् भने बाहिरी घेरामा नेपाली सेनालाई खटाइने बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान केन्द्रलाई १९ पटकसम्म अनुगमन गर्ने किसिमको सुरक्षा योजना रहेको बताए । उनले सुरक्षामा कुनै समस्या देखिँदैन तर मतदान प्रक्रियामा ढिलाई भने हुन सक्ने जानकारी दिए ।

प्रदेश ४ मा १५ लाख ६८ हजार मतदाता छन् । पहिलो चरणमा प्रदेश ४ मध्ये ६ जिल्लाबाट ५ लाख ६३ हजार २४ जनाले मतदान प्रक्रियामा भाग लिनेछन् । निर्वाचनको लागि हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ मौसम चुनौतीको रुपमा छ ।

पहिलो चरणका लागि सबै मतदानस्थलमा आवश्यक निर्वाचन सामग्री पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

News source – Adarsha samaj daily.

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives