प्रमुख निर्वाचन आयुक्तले भने – ‘विद्यार्थी प्रयोग गरे कारबाही’

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १, २०७४
.jpg

काठमाडौं, १ मंसिर। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्यार्थीलाई कुनैपनि दलको आमसभा र कार्यक्रममा प्रयोग नगर्न दलहरुलाई आग्रह गर्दै यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन्।

विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतले कुनैपनि दलको झन्डा नबोक्न विद्यार्थीलाई सम्झाउनुपर्ने उनको भनाई छ।

राजनीतिक दल र उम्मेदवारहरुलाई विद्यालय शान्ति क्षेत्र हुन् भन्ने भावनाको पालना गर्न दबाब दिने उद्देश्यले राजधानीमा आयोजित कार्यक्रममा डा. यादवले त्यस्तो बताएका हुन्।

उनले सरोकारवाला निकायले अरु कुनै विकल्प नदिएकाले विद्यालयमा छिर्नु आयोगको बाध्यता भएको उल्लेख गरे।

उनले वैकल्पिक व्यवस्था नभएकाले कतिपय विद्यालयमै मतगणना गर्नुपर्ने अवस्था रहेको पनि बताए।प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन सकिएको पाँच दिनभित्र मतपरिणाम आइसक्ने जानकारी दिए ।

कार्यक्रममा सहभागी विभिन्न दलका नेताले विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेगरी कुनै राजनीतिक गतिविधि नगरिने प्रतिबद्धता जनाए.

Related News

सम्बन्धित समाचार

Archives

Archives