प्रहरीलाई मोटरसाईकल

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १९, २०७४
police 1

पोखरा, १९ चैत । अपराधिक गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका चार युनिटलाई मोटरसाईकल उपलब्ध गराइएको छ ।

प्रहरी प्रधान कार्यालयले पठाएको ती मोटरसाईकल सम्वन्धित युनिटलाई हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ सहित मातहतका प्रहरी चौकीहरु किहँु, पोखरीछाप, चन्द्रावती र भन्सारका युनिटलाई मोटरसाईकल उपलब्ध गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले सम्वन्धित युनिटलाई मोटरसाईकल हस्तान्तरण गरेका थिए ।

यसैवीच, घर नजिक पार्किङ राख्दा हराएको अपाङगता भएका बिक्रम गुरुङको चार पाङ्ग्रे स्कुटर बेवारिशे अवस्थामा भेटिएको छ ।

देबघाट गाउँपालिका अन्तर्गत मास्तिकघाट भन्ने स्थानमा भेटिएको स्कुटर प्रहरीले गुरुङको जिम्मा लगाएको छ । गुरुङले दिएको निवेदनको आधारमा प्रहरीले स्कुटरको खोजी गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives