फिस्टेलका सुशान्तको ४.० जिपिए

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०७५
36088026_2123821551230248_1593995833949290496_n

पोखरा, ९ असार । पोखराको ड्यामसाइडस्थित फिस्टेल एकेडेमीबाट एसइई दिएका सुशान्त रानाभाटले ४.० जिपिए प्राप्त गरेका छन् ।

सिम्बोल नम्बर ०४१४३६३ ‘ए’ का रानाभाटले सबै विषयमा सत्प्रतिशत हासिल गरी सो नतिजा हासिल गरेका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा १३, काहुँखोलाका रानाभाट बाबु महाराजा र आमा भुला रानाभाटका कान्छा छोरा हुन् । उनका दाजु र दिदीले सोही स्कूलबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

कक्षा नर्सरीदेखि नै फिस्टेलमा अध्ययन गरेका सुशान्त कक्षामै पनि उत्कृष्ट हुँदैआएको विद्यालयका संस्थापक प्रिन्सिपल चिनु रानाभाटले जनाए ।

उनले सो नतिजाले विद्यालय परिवार नै हर्षित भएको बताए । फिस्टेलबाट यस वर्षको एसइईमा ७३ जना विद्यार्थी सम्मिलित थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives