फिस्टेल एकेडेमी अन्तर्राष्ट्रियस्तरको बन्दै

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७६
building – Copy

पोखरा, ३० कात्तिक । पोखरा १७ पार्दीमा रहेको फिस्टेल एकेडेमी अन्तर्राष्ट्रियस्तरको विद्यालय बन्ने भएको छ ।

विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विद्यालय भवन निर्माण गर्ने भएको छ ।
पोखरा १७ घारीपाटनमा १८ रोपनी क्षेत्रफलमा विद्यालय भवन निर्माण गर्न शुरु गरिएको हो ।

यो भवन निर्माण भएसँगै फिस्टेल पोखराको पहिलो अन्तर्राष्ट्रियस्तरको विद्यालय बन्ने छ । भौतिक पूर्वाधारसँगै शैक्षिक गतिविधि पनि अन्तर्राष्ट्रियस्तरको हुनेछ ।

लाइब्रेरी, आईटी रुम, बहुउद्देश्यीय सभाहल, हेल्थ केयर सेन्टर, स्वमिङपुल, कफि हाउस, अपाङ मैत्री पुर्वाधारसँगै विद्यालयमा ५० भन्दा बढी अन्र्तराष्ट्रिय मापदण्डका कक्षा कोठा रहने छ ।

हाल १ हजार बढी विद्यार्थी अध्ययन गर्ने सो विद्यालय नयाँ भवनमा सरेपछि करीब १ हजार ५ सय विद्यार्थी अध्ययन गर्न सक्ने छन् ।

‘अब फिस्टेल पोखराको शैक्षिक क्षेत्रमा नयाँ आयाम हुने छ संस्थापक चिनु रानाभाटले भने,‘ विद्यालयलाई प्राप्त सहयोग र सद्भावका कारण हामी उत्साहित छौं। विद्यालयका क्षेत्रमा आफ्नो विद्यालय फाइभ स्टारको हुने उनको भनाइ छ ।

उनले नर्सरीदेखि दश जोर दुईसम्मको पढाई हुँदै आएको विद्यालयमा भविष्यमा बिबिए र माष्टर डिग्रिका कक्षा समेत संचालन हुने बताए ।

दैनिक १ सय कामदार निर्माण संलग्न रहेकाले आउँदो शैक्षिक सत्रदेखि नै केही कक्षा संचालन गर्ने सक्ने अपेक्षा विद्यालयले गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले शुक्रवार विद्यालय भवन शिलान्यास गर्दै सरकार निजी क्षेत्रलाई अलग गरेर अघि बढ्न नसक्ने बताए ।

समय परिवर्तनशील रहेको भन्दै समयको माग अनुसार नै फिष्टेलले आफूलाई अघि बढाउन खोजेको भन्दै प्रशंसा गरे ।
उनले छोराछोरीको इच्छा र भावना विपरीत पैसाको भरमा मात्रै पढाउने प्रवृत्ति बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले फिस्टेल अन्तर्राष्ट्रियस्तरको बन्दा पोखरालाई शैक्षिक हब बनाउन समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मेयर जिसिले अहिलेको पाठ्यक्रमलाई समयानुकुल बनाउन जरुरी भएको भन्दै शिक्षा निर्वाहमुखी नभएर परीणाममुखी हुनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives