पोखरा, १८ माघ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार, पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई÷दुई रुपैयाँ बढाइएको छ ।
निगमले यसअघि पेट्रोल प्रतिलिटर एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।
नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ पुर्याइएको छ ।
अन्तर्रा्ष्ट्रियतर्फ प्रतिलिटर १० डलर बढाइएको छ । भारतबाट आएको मूल्य सूचीअनुसार नयाँ दर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
जुवा खेलिरहेका सात जना पक्राउ
कास्कीमा सात पत्रकार सम्मानित
सेती नदीमा मिश्रको शव भेटियो
Archives
Archives