पोखरा, २२ चैत । पोखराको फेवातालमा डुब्दा तनहुँ दुलेगौडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको छ ।
बिहीबार दिउँसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
तालमा खसेपछि उनलाई डुङ्गा व्यवसायी पुकार गुरुङले पौडीएर निकालेका थिए ।
उद्वारपछि उपचारका लागि मेट्रो सिटि अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । डुङ्गामा सात जना सवार थिए । उनी परिवारसँग पोखरा घुम्न आएका थिए ।