बामगठबन्धन फुटाउनुपर्छ – कोइराला

राष्ट्र न्यूज सम्वाददाता
पौष १६, २०७४
DSC00313

पोखरा, १६ पुस। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस सफल हुनका लागि बामगठवन्धन फुटाउनुपर्ने बताएका छन्।

गठबन्धनलाइ फुटाउनु नै काँग्रेसको रणनीति हुनेछ उनले भने – ‘बामगठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’

उनले पार्टीका साथीहरुको भावना अनुसार नै आफुले दाहाललाई राजधानीमा भेट्ने जानकारी दिए।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की काँग्रेसले पोखरामा आइतबार गरेको कार्यक्रममा उनले काँग्रेस कसैसँग डराउन नपर्ने बताए।

काँग्रेससँग इतिहास, सिद्वान्त र कार्यकर्ता छन् उनले भने – ‘त्यसैले काँग्रेस कसैसँग डराउनु पर्दैन।’
उनले गणितीय हिसावले हेर्दा पार्टीले हारे जस्तो देखिएपनि आफुले हार स्वीकार नगरेको बताए। काँग्रेस नै बलियो छभन्दै उनले समानुपातिकतर्फको मत परिणाम आशालाग्दोे भएको जिकिर गरे।

महामन्त्री कोइरालाले काँग्रेसले व्यहोरेको पराजयको विषयलाई लिएर आरोप प्रत्यारोप गर्न नहुने बताए। पार्टीमा सभापतिको भुमिका महत्वपूर्ण हुने भएकोले सभापतिलाई आरोप लगाइएकोभन्दै उनले सभापतिलाई आरोप लगाउनु राम्रो नभएको बताए।

उनले सवैले आफ्नो गल्ति स्वीकार गर्दै एकजुट बनेर पार्टीलाई राम्रो बनाउन लाग्नुपर्ने आवश्यकता औल्याए।

जनतामा भिजेकालाई उम्मेदबार बनाउन नसक्दा कमीकमजोरी भएकोभन्दै त्यसलाई सुधार्न सकिने उनको भनाई छ।

उनले निर्वाचनको समीक्षा गर्न हप्ता÷दश दिन भित्रै केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives