बुद्व विशाल बजार ब्यापारिक एशोसियशनको फुटसल

राष्ट्र न्यूज सम्वाददाता
असार १६, २०७६
Futsal

पोखरा, १६ असार । बुद्व विशाल बजार ब्यापारिक एशोसियशनले शनिवार पाँचौ आन्तरिक फुटसल प्रतियोगिता गरेको छ ।

६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुशील श्रेष्ठको समूले उपाधि जित्दै नगद १० हजार, मेडल र प्रमाणपत्र पाएको छ ।

ब्यवसायीवीच सद्भावको विकास गर्ने उदेश्यले प्रतियोगिता गरिएको एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले ब्यवसायीका लागि लगानी मैत्री वातावरण आवश्यक रहेको बताए । उनले रोजगारी सृजना गर्नका लागि सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

पोखरा–४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले एशोसियशनको अनुभवलाई लिएर वडास्तरीय फुटसल गरिने बताए । उनले राम्रो, सुन्दर र व्यवस्थित वडा बनाउन सवै क्षेत्रसँग हातेमालो गर्ने उल्लेख गरे ।

कार्यक्रममा पोखरा–२५ का वडासदस्य जितबहादुर कार्की, एशोसियशनका निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मी, प्रेस सल्लाहाकार नवीन सिग्देल, सल्लाहाकार ध्रुवप्रसाद रेग्मी र फेन्सि तथा रेडिमेड ब्यवसायी संघका उपाध्यक्ष राजु पौडेललगायतले बोलेका थिए ।

बुद्व विशाल बजार ब्यापारिक एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बुद्विबहादुर कुँवरले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives