बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित पोखराको पक्षमा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ६, २०७४
CCTV

पोखरा, ५ मंसिर । पोखरामा रहेका बैंक तथा बित्तीय संस्थाहरुले पोखराका विभिन्न ठाउँमा सिसी क्यामेरा राख्ने अभियानलाई सघाउने वचतवद्धता व्यक्त गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा हुने सुरक्षा चुनौति समाधानको लागि सिसी क्यामेरा अपरिहार्य भएको उनीहरुको भनाइ छ ।

‘सुरक्षित पोखरा’को लागि सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई गति दिनको लागि पोखरा उद्योग वाणिज्य संघले  गरेको छलफल कार्यक्रममा बोल्दै सिटी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंक तथा वित्तिय संस्थाहरुलाई सुरक्षा अपरिहार्य भएको बताउँदै यो अभियानलाई सघाउने वचतवद्धता व्यक्त गरे।

पोखरामा रहेका १ सय ७५ वटा बैंक तथा वित्तीय संस्था एवं सहकारीहरु सहयोगको लागि तयार रहेको उनको भनाई थियो ।

उनले सिसी क्यामेरा जडानसँगै यसको दीगो व्यवस्थापनमा पनि जोड दिए ।

जनता बैंकका मदनकुमार मुल्मीले यसअघी पनि सिसी क्यामेरा जडानको लागि आर्थिक सहयोग गरेको स्मरण गर्दै त्यसको दीगो व्यवस्थापन नभएकोमा  दुखेसो व्यत्त गरे।

सहज बचत तथा ऋण सहकारीका विश्वहरि जोशीले सुरक्षित पोखरा सबैको चासो भएको बताउँदै यो अभियानमा सरकारी सहयोग अपरिहार्य रहेको बताए।

संचय सहकारीका सूर्यप्रसाद बरालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप सिसी क्यामेरा जडान  गर्दा दीगो व्यवस्थापन सहज हुने आशा व्यक्त गरे। ।

कार्यक्रममा सहजिकरण गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सुरक्षित पोखराको लागि अगाडि सारिएको परियोजनामा सघाउन बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरुलाई आग्रह गरे। ।

सार्वजनिक निजी साझेदारी अनुरुप सिसी क्यामेरा संचालनको लागि उपभोक्ता समिति गठन गरिने जानकारी दिदै दीगो व्यवस्थापन नै पोखरा उद्योग वाणिज्य संघको पहिलो लक्ष्य भएको प्रष्ट पारे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives