पोखरा, ९ वैशाख । भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ३ बस्ने ३० वर्षिय नरेश कार्कीको मृत्यु भएको हो ।
कार्की मान्द्रेढुङ्गाको जंगलको भिरबाट तीन सय मिटर तल खसेको प्रहरीको भनाइ छ । उनी वैशाख ७ गतेदेखि हराइरहेका थिए ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।