माघ ३ को प्रदर्शन तयारीमा काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
पौष २८, २०७७
nc flag

पोखरा, २८ पुस । सरकारले संसद विघटन गरेको विरुद्व नेपाली काँग्रेसले शुरु गरेको चरणवद्व आन्दोलन अन्तर्गत माघ ३ गते पालिकाहरुमा प्रदर्शन हुने भएको छ ।

काँग्रेसले एकै साथ देशैभरका सात सय ५३ पालिकामा प्रदर्शन गर्न लागेको हो । काँग्रेसले जिल्लादेखि वडासम्म प्रदर्शनको तालिका सार्वजनीक गरिसकेको छ ।

कास्कीमा माघ ३ गते पोखरा महानगरपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा प्रदर्शन गरिने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता सिग्देलले सबै पालिकामा प्रदर्शनको तयारी तिव्र पारिएको बताए ।

नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको प्रचार संयोजक नवीन बरालले बताए ।

पोखराको प्रदर्शन चिप्लेढुङ्गास्थित पार्टी कार्यालय, मादीको प्रदर्शन याङ्जाकोट, रुपाको ध्रुवतारा क्लव प्राङ्गण, अन्नपूर्णको प्रदर्शन नागडाडाँ र माछापुच्छ«ेको प्रदर्शन महेन्द्र माविको प्राङ्गणबाट शुरु हुने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives