मिस ग्रान्ड नेपाल – २०१८ हुदै, पोखरामा २९ गते अडिसन

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २३, २०७५
31945234_1665176536882870_2344419035371798528_n

पोखरा, २३ वैशाख । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल – २०१८ गर्ने भएको छ ।

यो ग्रुपले विगत लामो समयदेखि ज्ञानसंगै शिक्षामा आधारित रहेर विभिन्न प्रतियोगिताहरु गर्दै आईरहेको छ ।

केहि दिन अघि राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगिताको अडिसन देशका मुख्य पाँच शहर काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरानमा हुने छ ।

प्रतियोगिताका लागि आवेदन खुल्ला गरिसकिएको छ भने अडिसनबाट छानिएका प्रतियोगीहरुलाई दक्ष प्रशिक्षकहरु मार्फत पाँच हप्ताको विशेष तालिम व्यवस्था गरिने छ ।

अडिसन पोखराबाट शुरु हुदैछ। पोखरामा वैशाख २९ गते अडिशन हुने छ । त्यसैगरी जेठ २ गते बुधबारका दिन बुटवल, जेठ ५ गते शनिवारका दिन धरान र अन्तिम अडिसन काठमाण्डौमा जेष्ठ २६ गते हुनेछ ।

मिस ग्रान्ड नेपाल – २०१८ को विजेताले नगद रु १ लाख, स्कुटर संगै कम्पनीको एम्बाष्डर हुने मौका दिइनेछ।त्यस्तै, म्यानमारमा हुने मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगिता – २०१८ मा नेपालको झन्डा फहराउदै आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives