पोखरा, ८ फागुन । लागुऔषध बेचबिखनमा संलग्न रहेका दुई जनालाई प्रहरीले मङ्गबार पोखरामा पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो पोखराका अनुसार, पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ बसपार्क बस्ने २८ वर्षिय सुबास गुरुङ र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ का २४ वर्षिय सुमन पुन छन् ।
प्रहरीले पोखराको छोरेपाटनबाट गुरुङ र लेकसाईडबाट पुनलाई पक्राउ गरेको हो। । पोखरा नगर क्षेत्रका विभिन्न स्थाहरुमा लागुऔषधको कारोबार गर्छन् भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।
पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध नुर्फिम ५२ थान, फेनरागन ५२ थान र डाईजापाम ५२ थान र टाईट्रोसन दश चक्कि बरामद गरेको छ।
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।