विद्यालयद्वारा विद्यावारिधी उपाधी हासिल गर्ने पूर्व विद्यार्थी डा. पौडेल सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७७
Dr krishana

पोखरा, ७ कात्तिक । पोखरा २२ पुम्दीभुम्दीस्थित भगवती आधारभूत विद्यालयले पुम्दीभुम्दी, कालावाङका डा.कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ ।

सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पौडेलले नलेज मेनेजमेण्टमा विद्यावारिधी उपाधी हासिल गरेकोमा विद्यालयको गौरव बढेको भन्दै सम्मान गरेको हो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ र पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति राजबहादुर गुरुङले संयुक्त रुपमा डा. पौडेललाई दोसल्ला ओढाएका थिए ।

सम्मानपछि डा. पौडेलले आफुले क, ख र ए, बी, सी सिकेको विद्यालयबाट सम्मान हुन पाउँदा गौरवको अनुभुति भएको बताए । आफुले प्राप्त गरेको विज्ञता समाज र देशको विकासको लागि समर्पित गर्ने उल्लेख गरे ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले डा. पौडेल पुम्दीभुम्दीको मात्र नभई कास्कीको गहना भएको बताए । गुरुङले विद्यावारिधी उपाधी ठूलो मेहनत र संघर्षबाट प्राप्त हुने भन्दै डा. पौडेलबाट संघर्षको पाठ सिक्नुपर्ने बताए ।
विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति राजबहादुर गुरुङले डा. पौडेलको विज्ञता समाजका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपाली काँग्रेसले डा. पौडेललाई शिक्षा विभागको सचिव पदमा मनोनित गरेकोमा बधाइ ज्ञापन गरे ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक जापप्रसाद गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives