विमलालाई पश्चिमाञ्चलको सम्मान

राष्ट्र न्यूज सम्वाददाता
जेठ २३, २०७५
Bimala

पोखरा, जेठ २३ । वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई गैह्रापाटनको पश्चिमाञ्चल माविले बुधबार सम्मान गरेको छ ।

पश्चिमाञ्चलबाट १२ कक्षाको परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो ।

नेपालीले अघिल्लो साता खेलकुद पत्रकार मञ्च कास्कीले स्थापना गरेको स्पोर्टस अवार्डको तेश्रो संस्करणको उत्कृष्ट महिलातर्फको विधाको उपाधि हात पारेकी थिइन् ।

खेल क्षेत्रबाट विद्यालयको नाम राख्न सफल भएको भन्दै पश्चिमाञ्चलले बिमलालाई सम्मान गरेको हो । विमला सोतोकान कराँतेकी खेलाडी हुन् । उनले स्वदेश भित्र र बाहिर खेलेका विभिन्न प्रतियोगिताबाट स्वर्ण पदक हात पारिसकेकी छिन् ।
सम्मान कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । खेल क्षेत्रबाटै पनि देशलाई योगदान दिन सकिने उनले बताए ।

पश्चिमाञ्चल फाउन्डेसनले संचालन गरेको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा स्नातक तहमा अध्ययन गर्नका लागि बिमलालाई सतप्रतिशत छात्रवृत्ति दिइने पराजुलीले घोषणा गरेका थिए ।

विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले बिमलाले सिंगो मुलुकको नाम राख्न सकेको बताए । उनले अगामि दिनका पनि बिमलाले देशका लागि नाम उच्च राख्न थप मेहनत गर्न शुभकामना दिए ।

सम्मानित बिमलाले परिवारको सहयोग र सबैको साथले यो तहसम्म पुग्न सकेको बताईन । विद्यालयका कोअर्डिटेनर यादव गिरीले खेलकुद क्षेत्रबाट छिटोगरि पहिचान कमाउन सकिने बताए । विमलाले पश्चिमाञ्चलबाट यो वर्ष १२ कक्षाको परीक्षा दिएकी थिइन् । उनी मानविकी संकायकी विद्यार्थी हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives