वीरेठाँटी युवा परिवारको अध्यक्षमा चन्द्रबहादुर

राष्ट्र न्यूज सम्वाददाता
फागुन २६, २०७४
28660743_1377049469067507_1896546546810360314_n

पोखरा, २६ फागुन । वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका– ८ कास्कीको भेलाले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा सुरेश गौचन, सचिवमा अतित गुरुङ, कोषाध्यक्षमा ध्रुव पाण्डे, सहसचिवमा सुमिल गुरुङ छन्। समितिको सदस्यमा उत्तर पाण्डे, आइतकुमारी विक, बिनिसा गुरुङ, सविना गुरुङ, समिक्षा गुरुङ, विशाल चपाई, सुदन गुरुङ, सुरेश गुरुङ र विश्वास गुरुङ छन्। भेलाले प्रमुख सल्लाहाकारमा देवेन्द्रकुमार शेरचनलाई चयन गरेको छ।

                                  वीरेठाँटी युवा परिवारका अध्यक्ष चन्द्रबहादुर गुरुङ

सल्लाहाकारहरुमा पुर्ण कोने गुरुङ, विजय गुरुङ, चक्रप्रसाद गौचन, मनोज गुरुङ, कृष्ण गौचन, रवीन्द्र शेरचन, बसन्त भट्टचन, टेकबहादुर गुरुङ, गजेन्द्र गौचन, हरि घमाल, तिलक घमाल र अमृत गुरुङ छन्।

परिवारका पदाधिकारी एवं सदस्यहरुलाई अन्नपूर्ण गाउँपालिका वडा नं ८ का वडाध्यक्ष विजय गुरुङले अविर तथा खादा लगाएर बधाइ दिएका थिए। भेलामा परिवारका अध्यक्ष चन्द्रबहादुर गुरुङले सवैलाई समेटेर अघि बढ्ने प्रतिवद्वता व्यत्त गरे।

परिवारका प्रमुख सल्लाहाकार देवेन्द्रकुमार शेरचनले युवाको सहभागिता बिना कुनै पनि योजना सफल नहुनेभन्दै युवालाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अन्नपूर्ण गाउँपालिकाका वडा नं ८ का वडाध्यक्ष विजय गुरुङले विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

सल्लाहाकार पूर्ण कोने गुरुङले युवाहरुले समाजका लागि रचनात्मक र सकारात्मक काम गरी समाज रुपान्तरणमा योगदान दिनुपर्नेेमा जोड दिए ।

भेलाले फागुन १७ देखि २१ गतेसम्म संचालित फागु मेलाको आय÷व्यय पारित गरेको छ। मेलामा १३ लाख १५ हजार आम्दानी र आठ लाख १५ हजार खर्च भई पाँच लाख बचत भएको छ।

विरेठाँटी युवा परिवारका उपाध्यक्ष सुरेश गौचनको अध्यक्षतामा भएको कार्यक्रममा मेला संयोजक टेकबहादुर गुरुङले स्वागत र सचिव अतित गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives