शिक्षक एकता मजबुद बनाउने प्रतिवद्वता

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ४, २०७५
Balabhadra add

पोखरा, ४ चैत । पोखरा महानगरपालिका वडा नं १४ स्थित शुक्रराज बलभद्र माविका प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकले सोमबार विज्ञप्ति प्रकाशित गरी विद्यालयको शैक्षिक वातावरण बनाउन शिक्षक एकतालाई मजबुद बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।

विद्यालयका प्रध्यानाध्यापक भोलानाथ पौडेल र पूर्वप्रधानाध्यापक नारायणप्रसाद भण्डारीले सोमबार सामुहिक रुपमा विज्ञप्ति प्रकाशित गरी त्यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा विद्यालयको आन्तरिक द्वन्द्वलाई सहि व्यवस्थापन तथा समाधान गर्नेभन्दा विभिन्न कोणबाट तरङ्गित गराउन खोजीएकोमा चिन्ता व्यक्त गरिएको छ ।

विद्यालयमा भए गरेका काम कारवाही प्रचलित नियम अनुसार भए नभएको आधिकारीक निकायलाई छानविन गर्न आग्रह गरिएको छ ।

साथै विद्यालयको हितका लागि शिक्षक एकता मजबुद बनाइने भन्दै शुभचिन्तक, शिक्षाप्रेमी, विद्यार्थी र अभिभावकलाई ढुक्क हुन आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives