श्रृंखलाबद्ध आत्मघाती बम विस्फोट, कम्तीमा ४१ जनाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
पौष १३, २०७४
main-qimg-d86d1dc4e01d1d6b594179bb57556eea

काबुल– अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।

घटनाको जिम्मेवारी तालिवानी समूहले लिएको छ। आतंकवादी समूह तालिवानका प्रवक्ता जाबिउल्लाह मोजाहिदले प्रेस विज्ञप्तिमार्फत घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

विस्फोटबाट पश्चिम काबुलमा रहेको डास्टे डराची सांस्कृतिक केन्द्रमा क्षति पुगेको छ । मृतक तथा घाइतेलाई एम्बुलेन्स र प्रहरीका गाडीबाट नजिकैको सार्वजनिक र निजी अस्पतालमा लगिएको थियो । घटनापछि काबुलमा सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives