समाजसेवी बरालद्वारा न्यायो कपडा वितरण

राष्ट्र न्यूज सम्वाददाता
पौष २५, २०७६
ram mama

पोखरा, २५ पुस । पोखरा १३, आर्वा निवासी समाजसेवी राम बरालले विद्यार्थीलाई न्यायो कपडा वितरण गरेका छन् ।

उनले आर्वा थापाचौतारास्थित सिमला आधारभूत विद्यालयका २५ जनालाई विद्यार्थीलाई ज्याकेट वितरण गरेका हुन् ।

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उनले विद्यार्थीलाई ज्याकेट वितरण गरेका थिए । विद्यार्थीका लागि न्यायो कपडा आवश्यक देखेर वितरण गरेको बरालको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हरिमाया बराल र व्यवस्थापन समिति सदस्य शेरबहादुर भुजेलले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives