समानुपातिकको ७७ लाखभन्दा बढि मत गनियो, कसको कति हेर्नुस्,
राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७४
समानुपातिकको ७७ लाखभन्दा बढि मत गनियो, कसको कति हेर्नुस्,
राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७४
२०७४ प्रतिनिधि तथा प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फ ७७ लाख २५ हजार मतगणना सकिएको छ । हालसम्म नेकपा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ । यस्तै, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ४२ हजार ५ सय ६८, कांग्रेसले २५ लाख ५७ हजार ४ सय ८५, माओवादी केन्द्रले १० लाख ५३ हजार ४ सय ७८ मत ल्याएका छन् ।
माओवादी केन्द्रको समानुपातिक मतमा समाजवादी जनता पार्टी र जनजागरण पार्टीको पनि जोडिएको हो । निर्वाचनमा उनीहरुले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गरेका थिए । यस्तै संघीय समाजवादी फोरमको ३ लाख ५५ हजार २ सय ५४, राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख २ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ७५ हजार ९ सय ४७ मत पाएका छन् ।
विवेकशील साझाको १ लाख ७४ हजार १ सय ५९, नयाँ शक्तिको ६९ हजार ४ सय ३८, राप्रपा प्रजातान्त्रिकको ६४ हजार १४, नेपाल मजदुर किसान पार्टीको ५० हजार ४ सय ६७ र अन्य दलको २ लाख ८२ हजार ६ सय ५६ मत छ । प्रदेशसभा तर्फ पनि एमालेले अग्रता कायमै राखेको छ ।
पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives