साँघुमुख महेन्द्रपुलका व्यवसायीलाई प्रशिक्षण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १२, २०७६
surya

पोखरा, १२ साउन । साँघुमुख महेन्द्रपुल बजार समितिले आफ्ना सदस्यहरुका लागि कर तथा वित्तिय शिक्षा प्रशिक्षण कार्यक्रम गरेको छ ।

एनआईसी एशिया बंैक लिमिटेड गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजित कार्यक्रममा समितिका १ सय भन्दा बढी व्यवसायी सहभागी थिए ।

प्रशिक्षणमा राज्यको कर नीति र बैकिङ्ग तथा वित्तिय व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सिए उवेककुमार श्रेष्ठ, एनआईसी बैंकका उत्सव घिमिरे, विवेक श्रेष्ठ, पुनम गिरी र सगुन पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सफल व्यवसायी बन्नका लागि कर र वित्तिय व्यवस्थापन बारे जानकार हुनैपर्ने बताए ।

सरकारको नयाँ कर नीतिका कारण व्यवसायी अन्यौलमा रहेको भन्दै उनले यस्ता कार्यक्रमबाट व्यवसायी लाभान्वित हुने उल्लेख गरे ।

त्यस अवसरमा एनआईसी एशिया बैंक गण्डकी प्रदेशका सहायक प्रमुख बिनितराज पाण्डे, पोखरा उद्योग वाणिज्य संघ सदस्य रामेश्वर अधिकारी, फेन्सी व्यवसायी समिति प्रथम उपाध्यक्ष राजु पौडेल, एनआईसी एशिया बैंक महेन्द्रपुल शाखा प्रबन्धक श्वेता शेरचन, कार्यक्रम संयोजक दिपेन्द्र चालिसे लगायतले बोेलेका थिए ।

साँघुमुख महेन्द्रपुल बजार समितिका अध्यक्ष सूर्यराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र तिमिल्सिनाले स्वागत र महासचिव नवराज कोइरालाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives