सार्दीखोलामा स्वास्थ्य शिविर

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०७५
33690355_1753340094724059_4334822711311204352_n

पोखरा, १३ जेठ । विशाल बजार कोअपरेटिभ संस्था लिमिटेडले पाठेघर सम्वन्धी निल्शुल्क स्वास्थ्य शिविर गरेको छ ।

माछापूच्छ«े गाउँपालिका वडा नं २ स्थित सार्दीखोला स्वास्थ्य चौकीमा आयोजित शिविरमा एक सय ६५ जनाले सेवा लिएका छन् ।

माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले शिविरको समन्वय गरेका हुन् ।

माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडाध्यक्ष विक्रम गुरुङ र मणिपाल शिक्षण अस्पतालका डा. जुनु श्रेष्ठले स्वास्थ्य शिविरको व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

शिविरमा डा. श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको थियो ।

स्वास्थ्य उपचार सेवाका लागि सार्दीखोला पुगेको स्वास्थ्यकर्मीको टोलीलाई मिलनशील आमा समूह, शान्ति आमा समूह र मङ्गोलियन आमा समूहले स्वागत गरेका थिए ।

विशाल बजार कोअपरेटिभ संस्था लिमिटेडका अध्यक्ष जगन्नाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदीप ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives