सेदीमा जापानिज रेष्टुरेण्ट काशिवा संचालन

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २२, २०७५
31902050_818154635062197_7480102711862493184_n

पोखरा, २१ वैशाख । पोखरा महानगरपालिका वडा नं १८ स्थित सेदीमा जापानिज रेष्टुरेण्ट संचालनमा ल्याइएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १० निवासी प्रवेश कुमार राजभण्डारीले काशिवा नामको जापानिज रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेण्टका लागि उनले एक करोड पचास लाख लगानी गरेका छन् ।

२७ वर्षसम्म जापानमा रहेर त्यहाँको परिकारलाई बुझेका राजभण्डारीले पोखरामा नै जापानिज परिकारको स्वाद स्वदेशी तथा विदेशी पाहुनालाई पस्कने मुख्य उदेश्य लिएका छन् । उनले रेष्टुरेण्टमा सुस्तश्रवण युवालाई रोजगारीको अवसर समेत दिएका छन् ।

अहिले तीन जना सुस्तश्रवणलाई रोगजारी दिएका छन् भने अरुलाई पनि रोजगारीको अवसर दिने उनको भनाइ छ। उनले बियरको खालि बोटल बिक्रीबाट हुने आम्दानी गण्डकी बहिरा संघलाई दिने जनाएका छन् ।

एक कार्यक्रमबीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले रेष्टुरेण्ट उद्घाटन गरे ।

                                                                                                  तस्विर ः दीपेन्द्र कार्की

Related News

सम्बन्धित समाचार

Archives

Archives